बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताको छलफल

असार २४, २०८२

कान्तिपुर संवाददाता

Discussion of top leaders of Congress and UML in Baluwatar

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।

समसामयिक परिस्थिति, बाढी पहिरो र डुबानको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully