कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

असार २३, २०८२

कान्तिपुर संवाददाता

Two absconding defendants in the duty killing case arrested after 24 years

काठमाडौँ — प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई २४ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दी धौलागिरि गाउँपालिका–३ बस्ने दुर्गानारायण बुढा र पर्सबहादुर बुढा रहेका छन् । 

प्रहरीका अनुसार पर्सबहादुर जिल्ला अदालत म्याग्दीको २०५९ फागुन २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भइ फरार रहेका थिए भने दुर्गानारायण सोही अदालतको २०६६ असोज २६ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भइ फरार रहेका थिए ।

उनीहरूलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका–१ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully