देश बाह्य सहयोगले होइन, आफ्नै पौरखले विकास गर्नुपर्छ : प्रधानमन्त्री

असार २३, २०८२

कान्तिपुर संवाददाता

The country should develop not with external help, but with its own resources: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रममा उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताए।

उनले नेपालका पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध रहेको भन्दै पौरखी जनताले नै देशको विकास गर्नुपर्ने बताए।

उनले भने, ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो। कामकै लागि तीन मिलियन मान्छे बाहिर छन्। उनीहरू कामकै लागि गएका छन्। काम गर्ने जाति हो भनेर स्थापित छन्। अरुले सहयोग गरेनन् र विकास भएन भन्ने हो भने चीनलाई हेरौँ। चीन सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो। चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्बलाई खाना कसले खुवाउन सक्छ? त्यसकारण आफैँ खाने, आफैँ गर्ने हो। त्यसकारण विकास बाह्य सहयोगले मात्रै हुने होइन, आफ्नै पौरखले विकास गर्नुपर्छ।'

उनले नेपालको विकासका लागि भुगोल केही हदसम्म बाधक भएपनि पौरखले विकास गर्न सकिने बताए। 

कान्तिपुर

Link copied successfully