कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्छ : सभापति देउवा

असार २३, २०८२

कान्तिपुर संवाददाता

The coalition government of Congress and UML will run full time: Chairman Deuba

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको सोमबार समापन गर्दै देउवाले दुई ठूला दलबीच गठबन्धन भएकाले समस्या आउने तर त्यसलाई समाधान गरेर लैजाने बताए । 

‘यो गठबन्धन पूरा–पूरा समयसम्म जान्छ, हामीसँग समस्याहरू भएमा मिलाएर जान्छौँ,’ उनले भने । 

देउवाले संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने विश्वास दिलाए । कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रधानमन्त्री र मन्त्रीको कार्यशैलीका विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका थिए । 

देउवाले सरकारका विषयमा सदस्यहरूले राखेका धारणाका विषयमा कुनै जवाफ नदिइ गठबन्धन पूरा समय टिक्ने बताएका हुन् । 

कान्तिपुर

Link copied successfully