वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

असार २३, २०८२

रासस

Senior advocate appointed as a member of the Nepal Judicial Council

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन्। 

आज उनले प्रधानमन्त्रीको सिफारिसमा भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई परिषद् सदस्यमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरिएको जानकारी दिए।

रासस

Link copied successfully