संसद्‌मा आज प्रधानमन्त्रीको सम्बोधन

असार २३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's address in Parliament today

काठमाडौँ — आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयबारे सदनलाई जानकारी गराउने कार्यसूची तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर असार २० गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीले विदेश भ्रमणपूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास छ ।

कान्तिपुर

Link copied successfully