देउवालाई महामन्त्री शर्माको प्रस्ताव : तपाईं छटौँपटक प्रधानमन्त्री बन्नुहुन्न, सम्मानजनक बिदाइ लिनुपर्छ

असार २३, २०८२

कान्तिपुर संवाददाता

Mahamantri Sharma's proposal to Deuba: You will not become the Prime Minister for the sixth time, you should take a respectful farewell

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँपटक प्रधानमन्त्री नबन्न प्रस्ताव गरेका छन्। सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री शर्माले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति देउवालाई सम्बोधन गर्दै मुलुक र पार्टीको हितमा हुने गरी अब छैटौँपटक प्रधानमन्त्री बन्नेतर्फ नलाग्न र सम्मानजनक बिदाइ हुन आग्रह गरे।

बैठकमा सभापति देउवालाई सम्बोधन गर्दै महामन्त्री शर्माले भनेका छन्, 'चितवनमा बोल्दा अवकाश लिने बेला आयो भन्नुभयो। यो प्रशंसनीय छ। पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो। तर नीतिमा, सिद्धान्तमा सबै कुरामा एकता छ। विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि छ। तेस्रोपटक सभापति बन्न विधानले दिँदैन, अब ०८३ असारमा आफू छैटौंपटक प्रधानमन्त्री बन्नतिर नलागेर अरु साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ सभापतिले । सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ।'

शर्माले बैठकमा मुलुकमा स्थिर राजनीति नहुँदा उस्तै समस्याहरू दोहोरिएर देखा परेका भन्दै पाँच बुँदै प्रस्ताव गरेका छन्।

कान्तिपुर

Link copied successfully