'कुलिङ अफ पिरियड' मा छलछाम : छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन

असार २३, २०८२

कान्तिपुर संवाददाता

Cheating in 'cooling off period': 7-member special committee formed to investigate

काठमाडौँ — संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ । समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार रहेका छन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा उक्त समितिको घोषणा गरेका हुन । समितिलाई  छानबिनका लागि २१ दिनको समय दिइएको छ ।

यो समितिलाई ४ बुँदे कार्यादेश दिइएको छ ।

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेस र एमालेबाट २/२ तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य रहेका छन्।

समिति सदस्यमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।

सोमबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि दलहरूले आ–आफ्नो पार्टीबाट सदस्यहरूको नामावली दिएका थिए । ती नामावली सभामुखको सचिवालयले सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम छानबिन विशेष समिति बन्न लागेको हो । नियम १८० मा विशेष, संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि प्रतिनिधिसभामा आवश्यकताअनुसार विशेष समिति गठन गर्न सकिने व्यवस्था छ । 

Cheating in 'cooling off period': 7-member special committee formed to investigate

Cheating in 'cooling off period': 7-member special committee formed to investigate

कान्तिपुर

Link copied successfully