युनेस्को बैठकमा भाग लिन पर्यटनमन्त्री पाण्डे नेतृत्वको टोली फ्रान्स प्रस्थान

असार २३, २०८२

मनोज पौडेल

A team headed by Tourism Minister Pandey left for France to attend the UNESCO meeting

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी र शाक्यवंशीय राजधानी तिलौराकोट (प्राचीन कपिलवस्तु)का बारेमा हुने युनेस्को बैठकमा भाग लिन संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सोमबार फ्रान्स प्रस्थान गरेको छ। 

फ्रान्सको पेरिसमा हुने ४७ औं सेसनमा लुम्बिनीलाई खतराको सूचीबाट जोगाउने र राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने विषयमा छलफल हुनेछ । 

सुरुमा जुलाई ९ र १० मा लुम्बिनी र जुलाई ११ र १२ तिलौराकोटका विषयमा छलफल हुने बताइएको छ। सेसनमा सहभागी हुन संस्कृति मन्त्री पाण्डे सहित लुम्बिनी विकास कोष उपाध्यक्ष ल्याहारक्याल लामा, कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई, संस्कृति मन्त्रालयका सहसचिव र पुरातत्व विभागका अधिकारी फ्रान्स गएका हुन् ।

यसअघि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न  सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज र लुम्बिनीका विषयमा स्टेट आफ कन्जरभेसन रिपोर्ट (एसओसी) पेस भइसकेको छ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully