अहिलेको गठबन्धनको विकल्प छैन, यही सरकारबाट राम्रो काम गर्ने प्रयास गरौँ : उपप्रधानमन्त्री सिंह

असार २२, २०८२

कान्तिपुर संवाददाता

There is no alternative to the current coalition, let's try to do good work from this government: Deputy Prime Minister Singh

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेको गठबन्धनको विकल्प नरहेको भन्दै यही सरकारबाट जनताका अपेक्षा र आशाहरू पूरा गर्ने गरी काम गर्नुपर्ने बताएका छन्।

कांग्रेसका तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागी नेता सिंहले आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै यस्तो बताएका हुन्।

उनले सरकारका कामकारबाही, बजेट लगायतका विषयमा बैठकमा जानकारी गराएका थिए भने सरकारमा कांग्रेसका तर्फबाट र आफूले आफ्नो मन्त्रालयबाट गरेका नीतिगत सुधारका विषयमा समेत जानकारी गराएका थिए।

उनले सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको भन्दै यही गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताए। 

'जनताकाे चाहना पूरा गर्न राजनीतिक स्थिरता जरूरी छ। राजनीतिक स्थिरताविना आर्थिक समृद्धि र विकासकाे जनचाहना पूरा हुन सम्भव नै छैन,' उनले भने, 'हाम्राे सभापतिजीले राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेकाे छ। त्यसलाई नै अगाडि बढाउनुपर्छ। अहिलेलाई यसको विकल्प छैन।'

कान्तिपुर संवाददाता

Link copied successfully