हुम्ला जान प्रधानमन्त्री ओलीलाई मौसमले दिएन साथ, ४ घण्टादेखि सुर्खेतमा कुरेको कुर्‍यै

असार २२, २०८२

ज्योति कटुवाल

The weather did not allow Prime Minister Oli to go to Humla, he waited in Surkhet for 4 hours.

सुर्खेत — कर्णाली करिडोरअर्न्तगत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज पुलको उद्घाटन गर्न सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको टोली सुर्खेतमै रोकिएको छ । बिहान ११ बजे सुर्खेत आइपुगेका प्रधानमन्त्री ओलीसहितको टोली ४ घण्टादेखि नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा बसेको छ । 

‘मौसम सफा हुने बाटो कुरेर बसेका छौं, सफा मौसम हुन साथ जसरी पनि हुम्ला जान्छौं,’ नेपाली सेनाका एक अधिकृतले भने, ‘उता सम्पूर्ण तयरी भएकाले मौसम सफा हुनासाथ जान्छौं ।’

यता प्रधानमन्त्री भने आउँदा सेनाको हेलिकोप्टरमा आएको भएपनि फर्कदा सेनाकै जहाजमा फर्कने भएका छन् । फर्कंदा हेलिकोप्टरमा ढिला हुने भन्दै नेपाली सेनाको जहाज काठमाडौंबाट सुर्खेतका लागि उडिसकेको छ ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully