कान्तिपुरकर्मी दाहाल र खड्कासहित ४ जनालाई युवा पत्रकारिता पुरस्कार

असार २०, २०८२

कान्तिपुर संवाददाता

Youth Journalism Award to 4 people including Kantipur Karmi Dahal and Khadka

काठमाडौँ — दुई कान्तिपुरकर्मीसहित चार पत्रकारलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । 

युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कारका लागि आवेदकमध्ये २०८१/२०८२ का लागि चारजना छनोट भएका हुन् । कान्तिपुर पब्लिकेशन्समा कार्यरत प्रकृति दाहाल र गगनशीला खड्का तथा अन्नपूर्ण मिडिया नेटवर्ककी ममता थापा र राष्ट्रिय समाचार समितिका सुशील दर्नालले पुरस्कार पाउने भएका हुन् । 

मन्त्रालयले बिहीबार पुरस्कार छनोटमा परेका पत्रकारको नामावली सार्वजनिक गरेको हो । मन्त्रालयले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । 

कान्तिपुर

Link copied successfully