काठमाडौँ — सफ्टवेयरको समस्याले अवरुद्ध भएको सवारी लाइसेन्ससँग सम्बन्धित सबै सेवा पुन: सञ्चालनमा आएको छ ।
सफ्टवेयरमा आएको समस्याले केही घण्टा अवरुद्ध बनेको सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा पुन: खुलेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए । उनले कान्तिपुरसँग भने, ‘सफ्टवेयरको समस्या समाधान भएपछि सबै सेवा पुन: सन्चालनमा आएका छन् ।’
विभागले सफ्टवेयरमा समस्या आएको भन्दै शुक्रबार बिहान सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द गरेको थियो । सेवा अवरुद्ध हुँदा नागरिकले सास्ती पाएका थिए ।
