उपरथी खत्रीलाई दर्ज्यानी प्रदान, उपत्यका पृतनापतिमा पदस्थापन

असार २०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले खत्रीलाई दर्ज्यानी प्रदान गरेका हुन् । नेपाली सेनाको युद्धकार्य निर्देशनालयमा निर्देशक रहेका खत्रीलाई मन्त्रिपरिषद्‌को १३ साउन २०८२ को बैठकले सहायक रथीबाट उपरथीमा बढुवा गरेको थियो ।

बढुवा एवं दर्ज्यानी प्रदानसँगै खत्रीलाई उपत्यका पृतना हेडक्वार्टर (नारायणहिटी) मा पदस्थापन गरिएको छ ।

कान्तिपुर

Link copied successfully