सवारी लाइसेन्ससँग सम्बन्धित सबै सेवा बन्द

असार २०, २०८२

कान्तिपुर संवाददाता

All services related to driving license are closed

काठमाडौँ — यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमा समस्या आएकाले सेवा  बन्द गरिएको जनाएको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जनाएको हो । ‘अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

समस्या समाधानका काम भइरहेको जनाउँदै विभागले अर्को सूचना प्रकाशन नहुँदासम्म सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा हाललाई बन्द रहने उल्लेख गरेको छ ।All services related to driving license are closed

कान्तिपुर

Link copied successfully