प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा

असार १९, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli at the stadium of Real Madrid

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चर्चित स्पेनिस फुटबल क्लब रियल म्याड्रिडको रंगशाला पुगेका छन् । बिहीबार प्रधानमन्त्री ओली म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियलको सान्टियागो बर्नाबाउ रंगशाला भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गरेका थिए । निर्देशक मिगेलले ओलीलाई रंगशाला भ्रमण गराएका थिए ।

Prime Minister Oli at the stadium of Real Madridप्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि स्पेन भ्रमणमा रहेका छन् । उनले यस क्रममा उच्चस्तरीय भेटघाटसमेत गरेका छन् । 

Prime Minister Oli at the stadium of Real Madridप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत छन् ।

प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully