काठमाडौँ — काठमाडौँको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तारकेश्वर–८ भेटघाट चोक बस्ने पैदल यात्री कुलबहादुर आचार्य रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
बुधबार राति करिब ८ः३० बजे तारकेश्वर पाँचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ४००५ नम्बरको मोटर साइकलले आचार्यलाई ठक्कर दिएको थियो । उपचारका क्रममा उनको टोखास्थित ग्राण्डी अस्पतालमा राति ११ः२० बजे मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल चालक घिमिर प्रहरी वृत्त बालाजुको नियन्त्रणमा रहेको र शवको मुचुल्का गर्ने कार्य भइरहेको प्रवक्ता बोहराले बताए ।
