संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा आज फैसला हुँदै

असार १८, २०८२

कान्तिपुर संवाददाता

The writ against the appointment of 52 officers of the Constitutional Commission will be decided today

काठमाडौँ — साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति संविधानका दृष्टिले ठीक कि बेठिक भन्नेबारे सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदै छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा यो मुद्दा गत जेठ २८ गतेको आदेशअनुसार आजका लागि पेशीमा चढेको छ ।

मंगलबार प्रधानन्यायाधीश राउत, वरिष्ठतम न्यायाधीश मल्ल र न्यायाधीश नहकुल सुवेदी इजलासमा बसेनन् । इजलासका अन्य सदस्य न्यायाधीशहरू चुडाल र शर्माले भने मंगलबार मुद्दाहरू हेरेका थिए । 

अध्यादेशमार्फत संशोधित कानुनबमोजिम २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० पदाधिकारी नियुक्ति गरिएको विरुद्ध परेका १५ रिटलाई सँगै सुनुवाइ गरेर संवैधानिक इजलासले आदेश दिन लागेको हो ।

१ जेठमा बहस सकिएपछि जेठ २८ मा नियुक्तिबारे निर्णय सुनाउने (निसु) तोकिए पनि न्यायाधीशहरूबीच पर्याप्त छलफल हुन नसक्दा निर्णय सुनाउने मिति सरेको थियो ।

कान्तिपुर

Link copied successfully