नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण

असार १८, २०८२

कान्तिपुर संवाददाता

CPN Unified Samajwadi asked Ram Kumari Jhankri for an explanation

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ।

नेता सोमप्रसाद पाण्डेका अनुसार आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको हो। झाँक्रीले आइतबार बुटवलमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको भन्दै सार्वजनिक टिप्पणी गरेकी थिइन्। त्यही अवसरमा उनले पार्टीमा अर्ली महाधिवेशनको मागसमेत गरेकी थिइन्।

कान्तिपुर

Link copied successfully