शिक्षा विधेयक : समितिको बैठक अझै बस्न सकेन, मन्त्री पन्त शीर्ष नेतासँग परामर्श गर्दै

असार १६, २०८२

कान्तिपुर संवाददाता

Education Bill: Committee meeting not yet held, Minister Pant in consultation with top leaders

काठमाडौँ — विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन आज बिहान ९ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अझै बस्न सकेको छैन ।

विधेयकमा अस्थायी, करार र राहत शिक्षकलाई आन्तरिकबाट ६० प्रतिशत र खुलाबाट ४० प्रतिशतलाई स्थायी गर्ने व्यवस्था छ । तर नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट स्थायी गर्नुपर्ने अडान राख्दै आएको छ । शिक्षक बढुवाको प्रावधानमा पनि शिक्षकहरुको असहमति छ ।

शिक्षकहरु अडानमै रहेपछि दिउँसो शिक्षामन्त्री रघुजी पन्त र महासंघका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा छलफल भएको थियो । सहमति हुन नसकेपछि महासंघका महासचिव तुलाबहादुर थापासहितका प्रतिनिधि भरखरै मन्त्रालयबाट बाहिरिएका छन् ।

समितिका सभापति अम्मरबहादुर थापाले मन्त्री पन्त आए बैठक बस्ने नत्र अनिश्चितकालका लागि बैठक स्थगित भएको बताए ।

अहिले मन्त्री पन्त सत्तारुढ राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट र परामर्शमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully