प्रस्तावित न्यायाधीश पोखरेललाई शर्माको प्रश्न- निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ?

असार १५, २०८२

कान्तिपुर संवाददाता

Sharma's question to the proposed judge Pokharel - What is the basis for fair judgment?

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन्। 

आइतवार संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले प्रस्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन्। केही समय अघिसम्म नेपाल वारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए।

वार स्वतन्त्र हुनुपर्ने भएपनि नेपालको वार राजनीतिक पक्षधर रहेको जिकिर गरे। वार राजनीतिक धारसँग कुनै न कुनै हिसावले जोडिएको हुने उनको भनाइ थियो।

सांसद शर्माले भने, ‘मैले बुझेको वार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिष्पर्धा हुने गरेको संस्था हो । स्वतन्त्र वार देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ । राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चि नै निष्पक्ष हुन्छ त ? यो प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरु सुनुवाई नै नगरिदिने भयो । सुनुवाई गर्दा न्याय गर्नेले न्याय पाउँछ, ढिलो गर्दा न्याय हुन्छ त ? यो कर्तव्य हो त ? यि व्यवहार छन् ।’ सांसद शर्माले मुद्दाको सुनुवाई ढिलो गर्दा न्याय हुन्छ ? भन्दै प्रश्न गरे। 

कान्तिपुर संवाददाता

Link copied successfully