मन्त्री दाहाल र टर्कीका समकक्षीबीच भेटवार्ता

असार १५, २०८२

कान्तिपुर संवाददाता

Meeting between Minister Dahal and his Turkish counterpart

काठमाडौँ — टर्की भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा त्यहाँका समकक्षीबीच भेटवार्ता  भएको छ  । 

टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई सम्बोधनका लागि पुगेका मन्त्री दाहाल र टर्कीका यातायातमन्त्री अब्दुल कदीर उरालोग्लुबीच कुराकानी भएको हो । उनीहरुबीच दुईपक्षीय हितका बारेमा साइडलाइन वार्ता भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले नेपाललगायत भूपरिवेष्ठित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिए । 

नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिविटी नीति अंगीकार गरेको उल्लेख गर्दै उनले निर्माणाधीन करिडोरहरुले विशाल भूगोल र जनसंख्या भएका दुई छिमेकी मुलुकलाई जोड्ने विश्वा व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully