कान्तिपुरकर्मी चौधरी सम्मानित

असार १५, २०८२

कान्तिपुर संवाददाता

Kantipurkarmi Chaudhary honored

काठमाडौँ — कान्तिपुरकर्मी राजु चौधरी सम्मानित भएका छन् ।  धानबाली क्षेत्रको उत्पादन बढाउन निरन्तर समाचार सम्प्रेषण गरी कृषि पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै कृषि विभागअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण  केन्द्रले सम्मान गरेको हो । 

२२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ को अवसरमा मूल आयोजक समितिले सम्मान गरेको हो । आइतबार काठमाडौं आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र कृषि सचिव गोविन्द शर्माले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन ।

चौधरीसहित क्यापिटल नेपालकी सरिता थारु पनि सम्मान भएकी छिन् । सो अवसरमा मूल आयोजक समितिले कृषिमा विशेष योगदान पुर्‍याउने किसान, सहकारी र नार्कका वैज्ञानिकलाई पनि सम्मान गरेको छ ।

कान्तिपुर

Link copied successfully