पूर्वसांसद कँडेलको निधन

असार १५, २०८२

रासस

Former MP Kandel passed away

ढोरपाटन, बागलुङ — पूर्वसांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । ८७ वर्षको उमेरमा आज उनको निधन भएको हो । कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए । 

चितवनदेखि काठमाडौं उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेकांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए । उनी २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका  थिए ।

कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए । उनी पछिल्लो समय जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य थिए । कँडेलका दुई छोरा र एक छोरी छन् । 

रासस

Link copied successfully