सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

असार १४, २०८२

कान्तिपुर संवाददाता

The Speaker called a meeting of chief whips

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका विषयमा छलफल गर्न प्रमुख तीन दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

सभामुख घिमिरेले त्यसअघि साढे १० बजे संसद् सचिवालयमा बस्ने गरी प्रमुख तीन दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका उनको सचिवालयले जनाएको छ।

शनिबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। संसद् अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने सभामुख घिमिरेले त्यसपछि छलफल गर्ने कार्यक्रम राखेका छन्। 

कान्तिपुर

Link copied successfully