काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्मा अवरोध कायमै राखेका छन्। प्रतिनिधि सभाको शनिबारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन्। बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले आफूहरूको आन्दोलन गहन अनुसन्धान गरी बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह गरेको र आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
