काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका छन् । प्रतिनिधिसभाको शनिबार ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणको बारेमा जानकारी दिनेछन् । ‘आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीज्यूबाट आफ्नो विदेश भ्रमण लगायत समसामयिक विषयमा सम्बोधन गर्नुहुने कार्यसूची रहेको जानकारी गराउन चाहन्छु’, एमाले मुख्य सचेतक महेश बर्तौलाले भने ।
स्पेनमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन प्रधानमन्त्री शनिबार विदेश भ्रमणमा जान लागेका छन् ।
स्पेनको सेभिल्लामा आयोजना हुने 'फोर्थ इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट’ मा सहभागी हुनेछन् ।
