प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

असार १४, २०८२

कान्तिपुर संवाददाता

Information to the House about Prime Minister Oli's visit to Spain

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले स्पेन भ्रमणबारे जानकारी गराएका हुन्।

शनिबार साँझ संयुक्त राष्ट्र सङ्घको विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको बताएका छन्। स्पेनमा आयोजना हुने यो सम्मेलन एक दशकमा आयोजना गरिने बताएका छन्।

असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरु हुने बताएका छन्। असार १५ गते स्पेन पुग्ने बताएका छन्। भ्रमण टोलीमा २१ जना सहभागी हुने बताएका छन्। भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताएका छन्।

स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको बताएका छन्। स्पेनका नरेशद्वारा स्वागत गरिने कार्यक्रममा १५ सहभागी हुने बताएका छन्।

कान्तिपुर

Link copied successfully