विष्णु कि शंकर भन्ने कित्ताकाटको खेती अर्कोतिर सुरू भयो : महासचिव पोखरेल

असार १४, २०८२

अनुप पौडेल

Cultivation of Kittakat called Vishnu or Shankar started on the other side: General Secretary Pokharel

कास्की — एमाले महासचिव शंकर पोखरेलले हिजो एकातिर हुने कित्ताकाटको खेती आज अर्कोतिर सुरू भएको टिप्पणी गरेका छन् ।

एमाले पोखरा महानगर कमिटीले शनिबार ७४ औं मदन जयन्तीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चाबीच उनले हिजो भएका कित्ताकाटको आवश्यकता हराएर नयाँ सुरू भएको बताएका हुन् ।

‘पत्रपत्रिका, सामाजिक सञ्जालमा विष्णु पौडेल कि शंकर पोखरेल भनेर कित्ताकाट गर्ने प्रयत्न नभएको हो र ? आज विष्णु पौडेल कि शंकर पोखरेल भन्ने कित्ताकाटको आवश्यकता हरायो । फेरि त्यो खेतीपाती अर्कोतिर सुरू भएको छ,’ उनले भने । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल र मिडियामा अनेक खालका प्रवृत्ति देखापरेको उनको भनाइ छ । ‘नेकपा एमालेलाई कमजोर पार्न गुट खडा गर्ने प्रवृत्ति नेकपा एमालेको हितमा छैन भन्ने बुझ्नुपर्छ,’ उनले थपे, ‘सम्माननीय पूर्वराष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जानुहुन्छ भन्ने म ठान्दिनँ । तर पनि सामाजिक सञ्जालमा, मिडियामा अनेक खालका प्रवृत्ति देखा परिराखेका छन् ।’ 

पार्टीभित्र आकांक्षाको अन्तर द्वन्द्व देखिएको उनले बताए । त्यसलाई गुटबन्दीको स्वरूपमा ढाल्न नेताको नाममा धार खडा गर्ने प्रवृत्ति विकास भएको उनले टिप्पणी गरे ।  

अनुप

Link copied successfully