एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

असार १३, २०८२

कान्तिपुर संवाददाता

The secretariat meeting of the United Socialists began

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बैठक सुरु भएको हो। बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ।

साथै उपनिर्वाचनबारे पनि समीक्षा हुने बताइएको छ। पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भई अदालतले ३५ लाख धरौटीमा रिहा गरेको विषयमा पनि पार्टीमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताइएको छ।

कान्तिपुर

Link copied successfully