एसईईको नतिजा सार्वजनिक, इकान्तिपुरमै हेर्न सकिने

असार १३, २०८२

कान्तिपुर संवाददाता

SEE results are public, can be viewed at Ikantipur

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।

वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

results.ekantipur.com मा क्लिक गरी एसईईको रिजल्ट हेर्न सकिनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully