कांग्रेस महाधिवेशन समयमै हुन्छ : सभापति देउवा

असार १३, २०८२

कान्तिपुर संवाददाता

Congress convention will be held on time: Chairman Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महाधिवेशन समयमै हुने बताएका छन्। चितवन विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

नेपाली कांग्रेसको महाधिवेशन समयमा हुन नदिने प्रयास भइरहेको भन्दै केही नेता र कार्यकर्ताहरूले विरोध जनाइरहेका छन्। सोही प्रसङ्गमा सञ्चारकर्मीहरूको जिज्ञासामा सभापति देउवाले महाधिवेशन समयमै हुने बताएका हुन्।

सभापति देउवाले बजेटमा ‘टेक एन्ड पे’ को सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रूपमा हेर्न नहुने बताए ।

देउवाले भने, ‘एउटा सानो कुरा थियो। टेक एन्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो। सानो कुरा हो, ठूलो कुरै होइन। कांग्रेस महाधिवेशन समयमै हुन्छ। कहाँबाट नहुने भन्ने झुटा कुरा हुन्।’

सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा पनि झुटो रहेको बताए ।

कान्तिपुर

Link copied successfully