उपरथी केसीलाई दर्ज्यानी चिह्न प्रदान

असार १३, २०८२

कान्तिपुर संवाददाता

Awarded a tailor's mark to the above KC

काठमाडौँ — प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले केसीलाई उपरथीको दर्ज्यानी प्रदान गरेका हुन् । 

मन्त्रिपरिषद‍्को गएको ९ असारको बैठकले केसीलाई सहायक रथीबाट उपरथीमा बढुवा गरेको थियो । बढुवाअघि केसी पूर्वी पृतना हेडक्वार्टर इटहरीको निमित्त पृतनापतिमा सरुवा भएका थिए । बढुवासँगै केसीलाई सोही पृतनापतिमा पदस्थापना गरिएको छ । 

कान्तिपुर

Link copied successfully