एसईईमा जीपीए ३.६० भन्दा बढी ल्याउनेको संख्या ४८ हजार १ सय ७७ जना

एसईईमा कसको ग्रेड कति ?

असार १३, २०८२

कान्तिपुर संवाददाता

48 thousand 177 people who got GPA more than 3.60 in SEE

काठमाडौँ — २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए  २ देखि २.४०– ४,१२६ जना, जीपीए  २.४० देखि २.८०– ४८,४७९ जना, जीपीए  २.८० देखि ३.२०– ८९,१२४ जना, जीपीए  ३.२० देखि ३.६०– ८१,३८५ जना, जीपीए  ३.६० देखि ४– ४८,१७७ जना, नन ग्रेडेड– १,६७,५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । एसईईमा कुल ४,३८,८९६ परीक्षार्थी सहभागी थिए ।

48 thousand 177 people who got GPA more than 3.60 in SEE

वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो ।

results.ekantipur.com मा क्लिक गरी एसईईको रिजल्ट हेर्न सकिनेछ ।

कान्तिपुर

Link copied successfully