अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार छ :  कांग्रेस सांसद भण्डारी

असार १२, २०८२

कान्तिपुर संवाददाता

It is useless to expect much from the current leadership: Congress MP Bhandari

काठमाडौँ — कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गरेका छन् । बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो टिप्पणी गरेका हुन् ।

सांसद भण्डारीले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाए । ‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ । लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने । यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु । त्यसकारण हामी व्यवहारिक हुनुपर्‍यो,’ उनले भने । 

अझै पनि सिमान्तकृत वर्गले निःशुल्क रूपमा शिक्षा प्राप्त गर्न नपाएको गुनासो गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा सांसद भण्डारीको जोड थियो । उनले शिक्षालाई पैसाँग तुलना गर्न नमिल्ने टिप्पणीसमेत गरे । 

कान्तिपुर

Link copied successfully