इरानबाट थप ७ नेपालीको उद्धार

असार १२, २०८२

होम कार्की

Rescue of 7 more Nepalis from Iran

काठमाडौँ — इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका थप ७ जना नेपालीको बुधबार उद्धार भएको छ । अध्यागमन प्रशासनले एक्जिट परमिट (इरान छोड्न चाहिने अनुमति पत्र) नभएको भन्दै मंगबार फर्काएको थियो ।

यसअघि दुई जना नेपालीलाई मात्रै उद्धार गरिएको थियो । उनीहरु दिल्लीबाट बुटवल जाने तयारी गरेका छन् ।

भारतीय दूतावासले ७ जना नेपालीलाई मसहद विमानस्थलबाट उद्धार गरिएको हो । उद्धार गरिएको बुटवलका विष्णुप्रसाद भुसालका अनुसार बिहीबार चार बजे दिल्लीबाट बसबाट सिधै बुटवल जाने बताए ।

बुधबार दिल्ली आइपुग्नेमा उयदपुरकी गायत्री कार्की थापा, उनकी छोरा उत्सव थापा, विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, यज्ञ मरासिनी र राजु खनाल छन् ।

भारतीय दूतावासमा कार्यरत हरि थापालाई दूतावासले डिउटीमै खटिएका छन्  भने विष्णुप्रसाद बन्जाडेसँग राहदानी नभएकोले रोकिएका छन् ।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully