एमाले सचिवालय बैठक बुधबार बस्ने

असार १०, २०८२

कान्तिपुर संवाददाता

UML secretariat meeting will be held on Wednesday

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully