बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

असार १०, २०८२

कान्तिपुर संवाददाता

The ruling party's meeting decision to pass the budget

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बसेको सत्तापक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष नेताहरूको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरूलाई बजेटको पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो।

सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विषयमा प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully