अख्तियारको अनुसन्धानमा असर नगर्ने गरी छानबिन समितिले काम गर्छ : गृहमन्त्री

असार १०, २०८२

कान्तिपुर संवाददाता

The investigation committee works in such a way as not to affect the investigation of the authority: Home Minister

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन र भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिले समाधानका उपायसहित प्रतिवेदन पेस गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले जेठ ३० मा भएको दुईबुँदे सहमतिको स्मरण गर्दै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनाइ राखे । अख्तियारको अहिलेको छानबिन र अनुसन्धानमा यो समितिले असर नगर्ने गरी काम गर्ने मन्त्री लेखकले बताए ।

'अध्यागमनमा केही समस्या छन् । केही हिजो थिए, केही आज देखा परे । विदेश जाने आउनेलाई सहजीकरण गर्ने विषयमा समाधान गर्न सरकार गम्भीर छ,' उनले भने ।

हिजो नेपाल सरकारले समितिको प्रतिवेदन आएपछि समग्र रुपमा सुधारका काम सुरु हुने उनले बताए । 'यो समितिले विषय र समस्याको ठिक ढंगले पहिचान गरी अल्पकालीन दीर्घकालीन सुधारको प्रतिवेदन पेस गर्नेछ,' उनले भने ।

भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि सरकारले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully