विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेको ह्वीप

असार ९, २०८२

कान्तिपुर संवाददाता

UML whip to vote in favor of Appropriation Bill

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेका विनियोजन विधेयकका पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेले ह्वीप जारी गरेको छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूका लागि ह्वीप जारी गरेका हुन् । 

सरकारले संसद्मा पेस गरेका विनियोजन विधेयकका पक्षमा मतदान गर्न भनी ह्वीप जारी गरिएको बर्तौलाले बताए ।

'नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भइ प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको छ,' ह्वीपमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully