कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार ९, २०८२

रासस

Corruption case filed against Accounts Officer of Karnali Pradesh Hospital

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रुपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ ।

यसैगरी,  अस्पतालमा रहेको कुमारी बैङ्कका एक्स्टेन्सन काउन्टरको तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकरी दिए। 

रासस

Link copied successfully