तेहरानबाट ९ सय किलोमिटर यात्रा पार गर्दै ११ नेपाली मसद पुगे, उडानको प्रतीक्षा गर्दै

मसद पुग्नेमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनकी श्रीमती गायत्री कार्की थापा, बुटवलका विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल रहेका छन् ।

असार ९, २०८२

होम कार्की

After traveling 900 kilometers from Tehran, 11 Nepalese reached Masad, waiting for the flight

काठमाडौँ — इरानको राजधानी तेहरानबाट ११ नेपाली आइतबार राति मसद पुगेका छन् । इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएपछि उनीहरू करिब ९ सय किलोमिटरको यात्रा पार गर्दै इरानको अर्को सहर मसद पुगेका हुन् ।

‘हामी ११ जना सुरक्षित रूपमा आइतबार राति मसद आइपुगेका छौँ । बाटोमा अप्ठ्यारो झेल्नु परेन । हामी अहिले एउटा होटलमा बसेका छौँ,’ मसद पुगेका उदयपुरका हरि थापाले भने, ‘भारतले हामीलाई प्राथमिकतामा राखेर पठाउने आश्वासन दिएको छ । हामी उडानको प्रतीक्षामा बसेका छौँ ।’

उनीहरूका अनुसार उडानको समय भने निश्चित भइसकेको छैन । मसद पुग्नेमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनकी श्रीमती गायत्री कार्की थापा, बुटवलका विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल रहेका छन् ।

उनीहरूमध्ये विष्णुप्रसाद बन्जाडेको राहदानी नभएकोले उडान तत्काल सम्भव नभएको बताइएको छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार ११ जना नेपालीसँग समन्वय भइरहेको छ । उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

इरानको तेहरानमा अझै ५ जना नेपाली जेलमा रहेका छन् । उनीहरूलाई उद्धार गर्न प्रक्रिया भइरहेको दूतावासले जनाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully