सुर्खेतबाट खाली खुट्टै हिँडेर काठमाडौं आएका बोहराले भेटे प्रधानमन्त्री ओली

असार ८, २०८२

कान्तिपुर संवाददाता

Bohra, who came to Kathmandu barefoot from Surkhet, met Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् ।  

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौं आइपुगेका थिए । 

सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आइतबार मात्र भेट्न पाएका हुन् ।

Bohra, who came to Kathmandu barefoot from Surkhet, met Prime Minister Oliबोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराएका थिए । प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे । 

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुरा सुनाउन पाएकामा खुसी व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताए ।

कान्तिपुर

Link copied successfully