चितवन भण्डारा नजिक बस–माइक्रोबस ठोक्किँदा गर्भवतीसहित सात जनाको मृत्यु

असार ७, २०८२

रमेशकुमार पौडेल

Seven people, including a pregnant woman, died when a bus-microbus collided near Chitwan Bhandara

चितवन — पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ भण्डारा नजिक खहरे पुलमा शनिबार बिहान सवा १० बजे बस र माइक्रोबस (ईभी गाडी) एकापसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ ।

चितवन प्रहरीले सात जनाको मृत्यु भएको पुष्टि गरेको हो । घाइतेहरूको भरतपुरका विभिन्न चारवटा अस्पतालमा उपचार भइरहेको चितवनका एसपी गोविन्द पुरीले जानकारी दिए ।

धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रोबस ठोक्किँदा दुवै सवारी साधनमा सवार करिब १४/१५ जना घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको चितवन प्रहरीले जनाएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully