रास्वपाले पनि गर्‍यो संसद् बैठक बहिष्कार

असार ६, २०८२

कान्तिपुर संवाददाता

RSVP also boycotted the Parliament meeting

काठमाडौँ — रास्वपाका सांसदहरूले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । 

भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेको छ । रास्वपा सांसद आज कालो कपडा लगाएर आएका थिए ।

आज प्रधानमन्त्री केपी ओलीसँग संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर तय भएको थियो । रास्वपाको विरोधपछि उक्त कार्यक्रम हटाइएको छ ।

यसअघिका बैठक बहिष्कार गर्दै आएको राप्रपा पनि आज रास्वपाका सांसदसँगै बाहिरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully