देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

असार ६, २०८२

कान्तिपुर संवाददाता

Chance of heavy rain in different regions of the country

काठमाडौँ — मौसम पूर्वानुमान विभागले देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने आकलन गरेको छ । विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडको केही भूभागसहित अन्य भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।  

राति भने कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुईटा स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।

यस्तै, भोलि शनिबार दिउँसो कोशी, लुम्बिनी र गण्डकी प्रदेशका एक—दुई स्थानमा मध्यम वर्षा हुने देखिएको छ । शनिबार राति भने लुम्बिनीसहित तीन प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । 

कान्तिपुर

Link copied successfully