सांसद थापाले प्रतिनिधिसभा बैठकमै च्याते बजेट पुस्तिका

असार ५, २०८२

कान्तिपुर संवाददाता

MP Thapa tore up the budget booklet in the House of Representatives meeting

काठमाडौँ — सांसद अम्मरबहादुर थापाले बिहीबार प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन् । नेकपा एसका सांसद थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन पुस्तक च्यातेका हुन् । 

उनले बजेट नेता र मन्त्रीमुखी भएको भन्दै विनियोजन पुस्तक च्यातेका हुन् । थापा २०७९ मा दैलेख-१ बाट नेकपा एसबाट निर्वाचित सांसद हुन् । 

कान्तिपुर

Link copied successfully