अर्घाखाँचीका सीडीओ खरेल गृहमा तानिए

असार ५, २०८२

वीरेन्द्र केसी

CDO Kharel of Arghakhanchi was dragged to the house

अर्घाखाँची — जिल्ला प्रशासनमा कार्यरत कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल गृह मन्त्रालयमा तानिएका छन् । उनी ०८२ वैशाख ३ गते अर्घाखाँचीमा हाजिर भएका थिए ।

गृहले भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई अर्घाखाँची सरुवा गरेको छ । 

बुधबार प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतसहितका कर्मचारीले खरेलको व्यवहार ठीक नभएको भन्दै ३ घण्टा कामकारबाही रोकेर आन्दोलित भएका थिए । उनीहरूले सेवा प्रवाह, कार्यसम्पादन र कर्मचारीलाई गर्ने उत्तेजित भएर अनावश्यक शब्द प्रयोग गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका थिए । लगत्तै बैठकमा भएको छलफलमा प्रजिअ खरेलले माफी मागेपछि आन्दोलन स्थगित गरेर कर्मचारीहरू पुनः काममा फर्किएका थिए ।

प्रशासकीय अधिकृत श्यामहरि भट्टराईले बारम्बार प्रमुख जिल्ला अधिकारी खरेलले कर्मचारीलाई थर्काउने, उत्तेजित भएर अशोभनीय शब्दहरू प्रयोग गरेर होच्याउने काम गरेको दाबी गरे । स्रोतका अनुसार कर्मचारीले राजनीतिक पहुँच लगाएर खरेललाई फिर्ता बोलाउन दबाब दिएका थिए ।

बुधबार भएको घटनाको विषयमा खरेलले आन्तरिक कर्मचारी बैठकमा कुरा मिलाए पनि गृहले बिहीबार उनलाई सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि फिर्ता बोलाइएको गृह प्रशासन स्रोतले जनाएको छ । प्रशासनको कामलाई छिटोछरितो र चुस्त-दुरुस्त बनाउन गरिएको गतिविधिलाई कर्मचारीले अन्यथा लिएको खरेलको प्रतिक्रिया रहेको छ ।

वीरेन्द्र

Link copied successfully