इजरायल र इरानबाट फर्कन चाहने नेपाली नागरिकको विवरण संकलन सुरु

असार ४, २०८२

कान्तिपुर संवाददाता

Collection of details of Nepali citizens who want to return from Israel and Iran has started

काठमाडौँ — तेलअभिभस्थित नेपाली राजदूतावासले इजरायल र इरानबाट फर्कन चाहने नेपाली नागरिकको विवरण संकलन सुरु गरेको छ । इजरायल-इरान द्वन्द्व चर्किंदै जाँदा उद्धार तथा स्वदेश फिर्ताका लागि राजदूतावासले विवरण संकलन गरेको हो । 

'इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ। यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुले तलको लिंकमा क्लिक गरी रजिस्ट्रर गर्नु हुन अनुरोध गरिन्छ,' दूतावासको सूचनामा भनिएको छ ।

दूतावासका अनुसार इजरायलमा करिब ७ हजार र इरानमा १२ जना नेपाली रहेका छन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित फर्किन चाहनेहरू सम्पर्कमा आएको खण्डमा उनीहरूको संख्या हेरी आवश्यक योजना बनाउने बताउँछन् । 

कान्तिपुर

Link copied successfully