काठमाडौँ — प्रतिनिधिसभा बैठक साढे ४ बजेसम्मका लागि स्थगित भएको छ । यसअघि २:१५ बजे आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक साढे ४ सम्मका लागि स्थगित गरिएको प्रतिनिधिसभा सचिव हर्कराज राईले सूचना निकालेर जानकारी दिएका छन् ।
रास्वपा सांसदहरूले निलो रिबन भिरेर नाराबाजी गरेपछि कांग्रेस नियमापत्ति जनाएको थियो । संसद्मा मर्यादित पोसाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न घिमिरेको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद् अवरोध गर्दै आएका छन् । उनीहरूले गत जेठ १३ देखि संसद् विरोध गर्दै आएका छन् ।
